प्रचण्ड-माधव पक्ष देशलाई बरबाद पार्ने बाटोमाः प्रधानमन्त्री ओली

प्रचण्ड-माधव पक्ष देशलाई बरबाद पार्ने बाटोमाः प्रधानमन्त्री ओली

१७ माघ, चितवन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव पक्ष भन्नेहरू देशलाई बरबाद गर्ने बाटोमा हिँडिरहेको बताएका छन् ।

नेकपा चितवनले भरतपुरमा आज आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाललाई इङ्गित गर्दै उहांँहरुले बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त पार्न र देशलाई बरबाद गर्ने बाटोमा लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउन उहाँहरू लागेको भए पनि पार्टी फुटेको नभई पार्टीबाट केही मान्छे मात्र गएको बताए ।प्रधानमन्त्री ओलीले पार्टीभित्रको पिलो निचोरिएर आफै गएको बताउँदै पार्टीबाट केही व्यक्ति जाँदैमा पार्टीको वजन नघट्ने बताए ।

चुनाव हुँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै मिति वैशाख १७ र वैशाख २७ मै चुनाव हुने बताए ।

प्रधानमन्त्री ओलीले नाभी अन्तै जोडिएकालाई जनताले नछाड्ने भन्दै जनताको हित गर्नेलाई निर्वाचनमा छान्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अयोध्यापुरीका लागि रामको मूर्ति निर्माण भइसकेको र सीताको मूर्ति बनिरहेकोले अर्को रामनवमीमा चितवनको अयोध्यापूरीमा राम मन्दिर बनाएरै छाडिने बताए।

प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापूरी विश्वका हिन्दुहरूको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुने पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै चितवनबाटै चुनिएका सांसद चितवनको अयोध्यापूरी र रामका बारेमा किन बोल्न सक्दैनन् भनेर प्रतिप्रश्न गरे ।

प्रधानमन्त्री ओलीले कोभिडको प्रभावले विकासको काममा केही गति कम भए पनि सरकारको दूरदर्शी सोचकाका कारण अहिले देशमा विकासको क्रियाकलाप जताततै देखिने गरेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.