‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङलाई

‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङलाई

१८ माघ, काठमाडौं ।

मेघा रियालिटी शो नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् । यो उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्।

सबैभन्दा ठूलो गायन प्रतियोगिता नेपाल स्टारको पहिलो विजेताको छनौट नेपाल टेलिभिजनबाट आज भएको हो । देशभर गरिएको अडिशनबाट छनोट भएका १ शय ८० जना प्रतिस्पर्धी मध्येबाट अन्तिम छनौटका लागि चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन् ।

नेपाल टेलिभिजनले संचालन गरेको यो नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो हो । नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा ४ जना प्रतिश्पर्धी रहेका थिए ।

शनिबार बेलुका ६ बजेसम्म दर्शकहरुको भोटिङका आधारमा बिजेता घोषणा गरिएको थियो । सातै प्रदेशमा अडिसन गरी १ सय ८० जना प्रतिश्पर्धी छनौट गरिएको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट हुनुभएकी गुरुङलाई ३५ लाख नगद पुरस्कार प्रदान गरिएको छ भने अन्य ३ जना प्रतियोगिलाई जनही ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.