सोमालियामा आँधीका कारण ४९ जनाको मृत्यु

सोमालियामा आँधीका कारण ४९ जनाको मृत्यु

जेठ २२ ,मंगलबार(नेपाल टाईम्स) : सोमालियाको सोमालील्याण्डमा आएको आँधीका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन् ।

केही दिनदेखिको आँधीसँगै आएको बर्षा र बाढीका कारण ४९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार मामिलाका अधिकारीहरूले जनाएका छन् ।

प्रकोपबाट एक लाख ६८ हजार मानिस प्रत्यक्ष रुपमा प्रभावित भएको जनाइएको छ । अहिले आएको आँधी सोमालियामा अहिलेसम्मका आँधीहरूमध्येको सबैभन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ ।

उक्त आँधी, बर्षा र बाढीमा परी हजारौँ पशुचौपाया मरेका छन् भने हजारौं मानिस विस्थापित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.