१८ माघ, काठमाडौँ । आज आइतबार सुनको भाउ सामान्य बढेको छ ।
सुनको भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।