महिला लिगमा पुलिससँग चन्द्रपुर नगरपालिका ३–१ ले पराजित

महिला लिगमा पुलिससँग चन्द्रपुर नगरपालिका ३–१ ले पराजित

१८ माघ, काठमाडौँ ।
विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई आइतबार हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिका विरुद्ध ३–१ को जित निकालेको हो ।

पुलिसलाई जित दिलाउन निर्मला बिक, निरु थापा र अनुष्का शेर्पाले एक एकगोल गरिन् । चन्द्रपुरकी सबिता राना मगरले एक गोल फर्काइन् । २७औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । निरु थापाको हेड बल पोस्टमा लागेर फर्किएको बललाई निर्मलाले जाली चुमाएकी थिइन् । ३९ औं मिनेटमा पुलिसको गोलरक्षक सपना राईको गल्तीमा चन्द्रपुरले गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएको थियो ।

पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पुलिसका लागि निरुले गोल गर्दै अग्रता २–१ मा पु¥याइन् । त्यसपछि खेलको इन्जुरी समयमा अनुष्काले गोल गर्दै पुलिसलाई ३–१ को जित दिलाईन् । जितसंगै पुलिस लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पुलिसले ५ खेलमा ८ अंकजोडेको छ । छैटौं स्थानको चन्द्रपुरले ५ खेलमा ३ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर र आर्मी तथा दोस्रो खेलमा एपीएफ र चौदण्डीगढी भिड्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.