म्यानमारमा सैन्य कू गरी एक वर्षे संकटकाल, नेपाली कांग्रेसले गर्याे निन्दा

म्यानमारमा सैन्य कू गरी एक वर्षे संकटकाल, नेपाली कांग्रेसले गर्याे निन्दा

१९ माघ, काठमाडौँ । नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रुपमा ऐक्यवद्ध भई निन्दा गर्नुपर्ने बताएको छ ।

सोमबार बिहान म्यानमारको सेनाले नेसनल लिग फर टेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु की र राष्ट्रपति विन मिन्टसहितका नेताहरुलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको बिषयमाथि आफ्नो प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले विश्वव्यापी रुपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।

सोमबार नेपाल टाईम्ससँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्ष संकटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रुपमा निन्दा गनुपर्ने बताएका हुन् ।

प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उनको भनाई छ । नेपाली कांग्रेसले म्यानमारको उक्त घटना प्रति बिरोध प्रकट गरेको प्रवक्ता शर्माले बताए ।

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सु कीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले बहमुत प्राप्त गरेको भएपनि चुनावमा धाधली भएको भन्दै सेना र सरकारबीच टकराव बढेको थियो ।

यसै टकरावकाबीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो । प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरी संवैधानिक र राजनीतिक प्रक्रियाद्धारा हल गर्न सकिने विषय भएको बताए ।

सेनाले हस्तक्षेप गरी लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उनको भनाई छ ।

प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताए । कांग्रेसले सबैखाले प्रतिगमनको बिरोध गर्ने उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.