आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

आज सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

२० माघ, काठमाडौँ । सुनको भाउ आज स्थिर रहेको छ ।

सुनको भाउ आज पनि तोलामा ९२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.