२० माघ, पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ ।
महासंघको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौ पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकार, प्रदेश अन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गैरहेका वन पैदावारको उपयोग गरि आयआर्ज सहित रोजगारी सिर्जना गर्ने खालका उद्योग गर्ने भएको हो ।
सामुदायिक वन क्षेत्रमा रहेको काठ र गैरकाष्टलाई आधुनिक प्रविधिको माध्येमबाट बजारको आवश्यकता अनुसारका बिभिन्न कच्च पदार्थ लगायत तयारी फर्निचर उत्पादन गरि बिक्री वितरण गर्ने लक्ष्य रहेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए ।
२० करोड भन्दा बढी लगानी हुने सो उद्योगबाट पहाडी बन क्षेत्रमा रहेका चिलाउने, कटुस, उत्तीस, सल्ला आदि बन पैदावारको प्रशोधन गरि कम्पोजिट उड, फिङगरजोन्ट, काठको सिजिनिङ र उपचार समेत गरिने छ ।