आजको सपथ, असंवैधानिक सिफारिसलाई मान्यता दिन गरिएको अर्को असंवैधानिक कदमः प्रकाशमान सिंह

आजको सपथ, असंवैधानिक सिफारिसलाई मान्यता दिन गरिएको अर्को असंवैधानिक कदमः प्रकाशमान सिंह

२१ माघ, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएका नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएका नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित म नै संविधान हूँ झै भन्ने दम्भ उजागर भएको उनको भनाइ छ ।

कोरम नपुगेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस नै असंवैधानिक भएको उनको जिकिर छ ।

नेता सिंहले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो । संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’

सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान संकटमा परेको उनको भनाइ छ ।

‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ । सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतकझ दोहनले सीमा नाघिसकेको छ । अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन समेत उनले अपील गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.