पशुपति क्षेत्र विकास कोषले कक्षा १२ सम्म पढाइ हुने हिन्दु विश्वविद्यालय स्थापना गर्ने

पशुपति क्षेत्र विकास कोषले कक्षा १२ सम्म पढाइ हुने हिन्दु विश्वविद्यालय स्थापना गर्ने

२१ माघ, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

पूर्वीय दर्शन, धर्म, अध्यात्म र संस्कृत भाषालाई जगेर्ना गर्ने उद्देश्यले एकेडेमिक रूपमै विश्वविद्यालयको अवधारणा ल्याइएको हो।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना बनिरहेको छ। गुरुयोजनामा हिन्दु विश्वविद्यालय सञ्चालन रहेको छ।

कागेश्वरी मनहरा नगरपालिकाको गोठाटारमा पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जमिन छ। त्यसैमा विश्वविद्यालय, अस्पताल, गौशाला, वृद्धाश्रम र पशुपति बाटिका उद्यान बनाउने योजना रहेको सदस्य सचिव प्रदीप ढकालले बताए।

वृद्धाश्रम भने निर्माण सुरू नै भइसकेको छ। त्यो समाज कल्याण मन्त्रालय अन्तर्गत रहेको छ।

‘पशुपति हिन्दु विश्वविद्यालयका लागि प्रारम्भिक अध्ययन भइरहेको छ,’ ढकालले भने।

अध्ययनपछि कहिलेसम्ममा निर्माण गर्नेलगायत डिपिआरमार्फत योजना बनाइने उनले बताए।

उनले विश्वविद्यालयले पशुपतिनाथसँग जोडिएका सबै अंगको अध्ययन अध्यापन गर्ने बताए। पशुपति क्षेत्र विकास कोषले हाल नेपाल वेद विद्याश्रम स्कुल सञ्चालन गरिरहेको छ। त्यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.