राष्ट्रिय महिला लिगः त्रिभुवन आर्मीले चौदण्डीगढी नगरपालिकालाई १२–० ले हरायो

राष्ट्रिय महिला लिगः त्रिभुवन आर्मीले चौदण्डीगढी नगरपालिकालाई १२–० ले हरायो

२१ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलले हराएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा चौदण्डीगढीलाई १२ गोलले हराउने क्रममा आर्मीकी शर्मिला थापा एक्लैले पाँच गोल गरिन् । शर्मिलाले खेलको सात, १३, २३, २९ र ३८ औँ मिनेटमा गोल गरिन् ।

यस्तै सपना लामाले खेलको ८७ र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दा कप्तान अञ्जली वाइबाले आठ, हेमा चौधरीले तीन, विमला चौधरीले ३०, विमला विकले ४८ र रश्मी घिसिङले ८४ औँ मिनेटमा एकरएक गोल गरे ।

यो जितसँगै आर्मी ६ खेलमा १३ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ । चौदण्डीगढीले भने अहिलेसम्म एक खेल पनि जितेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.