अदालतको अवहेलना मुद्दा : प्रचण्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

अदालतको अवहेलना मुद्दा : प्रचण्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

२१ माघ, काठमाडौँ ।
सर्वोच्च अदालतले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

दाहालविरुद्ध अधिवक्ता समीर हायूले सोमबार अदालतको अवहेलना निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याइने भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।

निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।

यसअघि सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीशहरू मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई अवहेलना मुद्दामा सात दिन भित्र नै लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.