२४ घण्टामा १४२ संक्रमित थपिँदा २०६ जना डिस्चार्ज

२४ घण्टामा १४२ संक्रमित थपिँदा २०६ जना डिस्चार्ज

२१ माघ, विराटनगर । नेपालमा आज थप १४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २०६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुग्दा, तीमध्ये संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ ।

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३१ रहेको छ ।

देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ पुगेको छ भने क्वारेन्टिनमा ९५ जना छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.