२१ माघ, इटहरी ।
इटहरी उपमहानगरले इटहरीका १० जना पत्रकारलाई फेलोशिप लेखनवृति प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा १० जना पत्रकारलाई लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका वीच मेयर द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले १८ हजारका दरले लेखनवृति प्रदान गरिन् ।
१० जना पत्रकारले इटहरीको विकास गतिविधिका वारेमा खोज अनुसन्धान गरि फिचर तयार गरेका छन् । लेखनवृति प्राप्त गरेका १० जना पत्रकार तथा अन्य १५ जना गरि २५ जना पत्रकारलाई दुईदिने फिचर लेखन तालिम समेत सम्पन्न गरिएको छ । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले इटहरीका संचारमाध्यमले इटहरीको विकास निर्माण र सम्वृद्धिमा पुरयाएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
उपप्रमुख लक्ष्मी गौतमले इटहरीका सवै सञ्चारमाध्यमको हितमा उपमहानगर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरिन् । प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटाले पत्रकार महासंघ सँगको सहकार्यलाई निरन्तरता दिइने जनाए ।
उपमहानगरका प्रेस संयोजक लिलाराज भटटराईले इटहरी उपमहानगरले पत्रकार महासंघलाई भवन निर्माणका लागि जग्गा प्रदान,पत्रकारहरुका लागि फेलोशिप,पुरस्कार,तालिम,सञ्चार माध्यमहरुलाई रेडियो टेलिभिजन कार्यक्रम उत्पादनका लागि सहयोग गर्दै आएको वताए । लेखनवृति प्राप्त गरेका पत्रकार सन्तोष यादवले उपमहानगरले प्रदान गर्दै आएको लेखनवृतिका कारण पत्रकाहरु उत्साहित रहेको वताए ।