अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।

कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।

अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ‘मे/जुनसम्म परीक्षा दिने मिति सकिएको छ’, उनले राजधानीसँग भने ।,यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.