२२ माघ, काठमाडौं । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजकालागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य आज पनि ओरालो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।