२३ माघ, काठमाडौँ । संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट पेश गरेका छन् ।
सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानले सभामुख सापकोटाले सर्वोच्च अदालतमा पुगेर रिट पेश गरेको जानकारी दिए।
सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।
उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए।
संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समितिमा नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।