संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैनः प्रधानमन्त्री

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैनः प्रधानमन्त्री

२३ माघ, काठमाडौँ । प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले कतिपयले राजतन्त्र फर्किएको घोषणा गर्छ रे भनेर हल्ला चलाइएको बताए ।

उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’

आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताए ।

२र४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीले बताए । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिनहरु राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.