गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्रीले तानाशाह बन्ने दुःस्वप्ना देखिरहेको पुष्टि हुन्छः भीम रावल

गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्रीले तानाशाह बन्ने दुःस्वप्ना देखिरहेको पुष्टि हुन्छः भीम रावल

२३ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुःस्वप्ना देखिरहेको पुष्टि हुने बताएका छन् ।

नेकपा ओली पक्षले शुक्रबार दरबारमार्गमा गरेको कार्यक्रममा बोलेका गृहमन्त्री थापाले मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलमा ‘जु’ मा थुन्ने अभिव्यक्ति दिएका थिए।

गृहमन्त्री थापाले उक्त भाषण गरेको केहीबेरमा ट्वीट गर्दै रावलले निरंकुशतन्त्र ढल्ने बताएका हुन्।

‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’ उनले भनेका छन्, ‘निरंकुशतन्त्र ढल्छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.