यी हुन् आगामी संस्करणको आइपिएल अक्सनमा परेका नेपालका ८ खेलाडी

यी हुन् आगामी संस्करणको आइपिएल अक्सनमा परेका नेपालका ८ खेलाडी

२३ माघ, काठमाडौँ ।
आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएका छन् ।

अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, अलराउन्डर करण केसी, सोमपाल कामी, स्पिनर सन्दीप लामिछाने, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहराले नाम दर्ता गराएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यान नहुँदा एजेन्टमार्फत नाम दर्ता गराउँदै आएका खेलाडीले यसपटक संघमार्फत नाम दर्ता गराएका हुन् ।

आइपिएल खेलाडी दर्ता फेब्रुअरी ४ सम्म रहेको थियो । जसमा कुल १ हजार ९७ जना अक्सनको दर्तामा सहभागी रहेका छन् । यसमा ८ सय १४ भारतीय र २ सय ८३ विदेशी खेलाडी रहेका छन् ।

अक्सन आगमी फेब्रुअरी १८ मा चेन्नईमा हुँदै छ । एसोसिएट २७ मध्य नेपालबाट मात्रै ८ खेलाडी परेका हुन् । आइपिएल अक्सनमा ६१ खेलाडी विक्ने छन् । एउटा टोलीमा १८ देखि २५ खेलाडी राख्न पाइन्छ । जसमा ८ भन्दा बढी विदेशी खेलाडी भने राख्न पाइदैन । अक्सनमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, युएई, अमेरिका एसोसियटका खेलाडी रहेका छन् ।

एसोसिएटबाट सर्वाधिक ९ खेलाडी यूएईका छन् । टेष्ट टोलीबाट वेस्टइन्डिजबाट सर्वाधिक ५६ खेलाडी छन् । नेदरल्यान्ड्सबाट एक, स्कटल्यान्डबाट ७, युएईबाट ९ र अमेरिकाबाट २ खेलाडी अक्सनमा छन् । अफगानिस्तानबाट ३०, अष्ट्रेलियाबाट ४२, बंगलादेश ५, इंग्ल्यान्ड २१, आयरल्यान्ड २, न्युजिल्यान्ड २९, दक्षिण अफ्रिका ३८, श्रीलंका ३१ र वेस्टइन्डिजबाट ५६ खेलाडी छन् ।

सन्दीपले भने दिल्लीबाट तीन सिजन आईपीएल खेलिसकेका छन् । उनलाई यस सिजनका लागि दिल्लीले फुकुवा गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.