एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन : दाहाल

एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन : दाहाल

काठमाडौँ : नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सबै तहको बहुमत भएकाले निर्वाचन आयोग, अदालत सबैतिरबाट आफूहरूलाई नै आधिकारिकता मिल्ने दाबी गरे । पार्टीले छिटै श्वेतपत्र जारी गर्ने उनले बताए । उनले ओलीले सत्तामा बसेर जंगली राज र गुन्डागर्दी शैली अपनाएको आरोप लगाए ।

‘यो प्रतिगमनका पक्षमा र संविधानमाथि भएको हमला हो । हामी सबै कुरा जनतालाई भन्नेछौं । अहिले किन नागरिक समाज, लेखक, बुद्धिजीवी प्रतिगमनविरुद्ध सडकमा आएका छन् रु उनीहरू कम्युनिस्ट होइनन् । यो देशका राम्रा दिमाग भएका सबै प्रतिगमनविरूद्ध छन,’ दाहालले भने ।

दाहालले आफूहरूको आन्दोलन सत्यका पक्षमा रहेको दाबी गरे । ‘२०४६ साल आसपासमा लाखौं सडकमा ल्याएर पञ्च र्‍याली गरिएका थिए । त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं । सत्य के हो त्यतातिर लागौं । हामी सत्यको पक्षमा छौं, न्यायको पक्षमा छौं,’ उनले भने ।

दाहालका अनुसार संवैधानिक अंगहरूमा भएको नियुक्ति सरकारको अलोकतान्त्रिक चरित्रको पराकाष्ठा हो । ‘अध्यादेश ल्याएर हतारहतार नियुक्ति भएको छ । संवैधानिक परिषद्का सदस्यहरूलाई बैठकमा बोलाइएको छैन । यसले संविधानको हत्या भएको छ । जंगली राज भएको छ । तपाईंहरू प्रचण्ड र माधव नेपाललाई मात्र नहेर्नुस् ।

यो कुनै पनि मानेमा व्यक्तिको लडाइँ होइन, सत्ता वा पदको लडाइँ पनि होइन, अहिले हामी हारेको वा थाकेको तथा असफल भएको भन्ने पनि होइन, यो संविधानको मर्ममाथि प्रहार भएको विषयमा हाम्रो आन्दोलन हो,’ दाहालले भने ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.