सुनको भाउ आज प्रतितोला ६ सयले वृद्धि

सुनको भाउ आज प्रतितोला ६ सयले वृद्धि

२५ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला भाउ ९० हजार ६ सय रुपैयाँ तोकेको हो । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आजको लागि तेजावी सुनको भाउ प्रतितोला ९० हजार १५० रुपैयाँ तोकेको छ । गत शुक्रबार उक्त सुनको बजार मूल्य ८९ हजार ५५० रुपैयाँ थियो ।

आइतबार सुनसँगै चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ । शुक्रबार एक हजार २९० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज एक हजार ३१० रुपैयाँ कायम भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.