२५ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० ले हराएको हो । चन्द्रपुरकी रजनी थोकरले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
चन्द्रपुरले सात खेलमा ६ अङ्क जोडेको छ । विराटनगरको सात खेलमा दश अङ्क छ ।