कतारमा न्यूनतम तलब मार्चदेखि

कतारमा न्यूनतम तलब मार्चदेखि

कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।

प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो ।‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्यान्वयन गर्नेछौँ ।’

उनले रोजगारदाताले आफ्ना श्रमिकलाई बैंकमार्फत तलब दिनुपर्ने बाध्यकारी नियम बनाएको बताए । कतारले २०२० को कानुन नम्बर १७ जारी गर्दै निजी क्षेत्रमा कार्यरत सबै श्रमिकको न्यूनतम तलब निर्धारण गरेको हो । घरेलु श्रमिकको हकमा पनि यो लागू हुने उनले बताए ।,आजको कान्तिपुर दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.