२६ माघ, काठमाडौँ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घकाअनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।