मेस्सी बने दशककै सर्वोत्कृष्ट पुरुष खेलाडी

मेस्सी बने दशककै सर्वोत्कृष्ट पुरुष खेलाडी

२७ माघ, एजेन्सी ।
बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्।

उनलाई इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्स (आइएफएफएचएस) ले सो उपाधि प्रदान गरेको हो। सो संस्थाले गत दशकको सर्वोत्कृष्ट पुरुष खेलाडी छनौटका लागि विश्वका १५० देशमा रहेका आफ्ना सदस्यहरुबाट मतदान गराएको थियो।

मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डो, पिएसजीका नेइमार तथा बार्सिलोनाका पूर्व खेलाडी आन्द्रेस इनिएस्टालाई पछि पारेर उपाधि जितेका हुन्।

गत दशकमा मेस्सीले ६ पटक ला लिगा, पाँच पटक कोपा डेल रे, दुई पटक च्याम्पियन्स लिग तथा चार पटक बोलोन डी’ओर जितेका थिए।

आइएफएफएचएसले महादेशीय खेलाडीको नाम पनि घोषित गरेको छ । रोनाल्डो युरोपेली क्षेत्रको दशक खेलाडी घोषित भएका छन्। मेस्सी दक्षिण अमेरिकी दशक खेलाडी पनि बनेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.