पुल मर्मतकालागि भन्दै बन्द रहेको तातोपानी नाका २० दिनपछि खुल्यो

पुल मर्मतकालागि भन्दै बन्द रहेको तातोपानी नाका २० दिनपछि खुल्यो

२७ माघ, काठमाडौँ । सीमाको पुल मर्मतकालागि भन्दै बन्द गरिएको नेपाल चीन तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो ।

बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताएका छन् ।

आज चीनतर्फबाट माल वस्तु बोकेको ६ वटा कन्टेनर नेपालतर्फ आउँदै गरेको पनि खत्रीले बताए ।

चीनतर्फ लोड भएर रहेका थप ४ वटा मालबाहक कन्टेर भने भोलि आउने उनको भनाइ छ । बाढीका कारण पुलको एकातर्फको स्परमा क्षति पुगेको र २० दिनसम्म चिनीयाँ प्राविधिकले मर्मत सम्भार गरेको भन्सार कार्यालय तातोपानीले जानाएको छ ।

कोरोना, बाढी पहिरो जस्ता कारणले यो वर्ष दर्जनौंपटक तातोपानी नाका बन्द हुँदा नेपाल चीनबीच हुने व्यापर यस वर्ष प्रभावित भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.