चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन आयोगलाई प्रधानमन्त्रीको आग्रह

२७ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् ।

निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिएका हुन् ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको तयारीबारे आयोगले गरेका गतिविधिको प्रधानमन्त्रीलाई जानकारी गराएका आयोगका सहप्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले आयोगले तोकिएको मिति वैशाख १७ र २७ मा चुनाव गर्ने गरी काम गरिरहेको समेत जानकारी गराएका छन् ।

मङ्गलवारको छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादबारे छलफल नभएको पनि निर्वाचन आयोगले जनाएको छ ।

गएको पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । गएको माघ १६ गते आयोगले नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नेकपाभित्रको विवाद र चुनावको तयारीबारे छलफल गर्न बोलाएको थियो ।

त्यसलगत्तै प्रचण्ड–नेपाल समूहले आयोगमा आफ्नो आधिकारिकता पेस गरेको छ । नेकपाका दुवै समूहले आफूहरु नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएका छन् । तर दुवै समूहले गरेको निर्णयलाई आयोगले अस्वीकार गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.