प्रचण्ड-नेपाल समूहले अन्तराष्ट्रिय समुदायको समर्थन माग्यो

प्रचण्ड-नेपाल समूहले अन्तराष्ट्रिय समुदायको समर्थन माग्यो

२७ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनीतिक भुमरीमा फस्ने बताएका छन् । नेपालबाट अन्तराष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिएका हुन् ।

यद्यपी आफुहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफुहरुले गम्क्भीर रुपमा विचार गर्नुपर्ने अवस्था श्रृना हुने बताए । उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंबैधानिक नै हुने तर्क गरे । उनले भने “ यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ ।संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंबैधानिक र अबैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाई छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौ । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुदैन । नैतिक रुपले अनि राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचन विरोधी होइनौ र हुनक्तैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ । ”

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्र्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदम विरुद्ध आफूहरु संघर्षमा लाग्नु स्वभाविक भएपनि सरकारपक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरुभयो भन्नु लोकतन्त्र विरुद्धको उपहास भएको बताए । उनले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिष्पर्धामा उत्रिएको दाबी गरे ।

उनले भने “प्रधानमन्त्री आफैले सभा गर्ने र ती सभाबाट तेश्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्री नजिकका मान्छेहरुले सभामा बोल्ने, प्रतिगमन विरोधी तेश्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो । सायद पहिलो पटक देखियो प्रधानमन्त्री आफै विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो, अस्वभाविक छ । यो लोकतन्त्र विरुद्धको उपहास जस्तो लाग्छ । एउटा प्रहसन जस्तो लाग्छ । हामी प्रतिष्पर्धामा होइनौ । छटपटिएको चाही प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएको जस्तो हामीले महसुस गरेका छौ । ”

प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधी लम्ब्याउन खोजेको र त्यो पूरा नहुने ठोकुवा गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुदायसंग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए । उनले भने “यसबीचमा हाम्रो अलग अलग सबैसंग कुरा भईरहेको छ । भारतसंग,चीनसंग, अमेरिकासंग, युरोपियनहरुसंग पनि कुरा भईरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौ अन्तराष्ट्रि समुदायलाई, नेपालमा लोकतन्त्रको हत्या भईरहेको छ लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली जनतालाई चाहियो भनेर औपचारिक अपिल गरेका छौ । अलग अलग भेटेर कुरा पनि गरेका छौ । ”

उनले आवश्यकता अनुसार सामुहिक भेटघाटको पनि आयोजना गर्न सकिने संकेत गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.