पत्रकारले भ्रष्टाचार नगरेकालाई जसरी पनि भ्रष्टै देखाउने गरी लेख्न हुँदैनः प्रधानमन्त्री

पत्रकारले भ्रष्टाचार नगरेकालाई जसरी पनि भ्रष्टै देखाउने गरी लेख्न हुँदैनः प्रधानमन्त्री

२८ माघ, काठमाडौँ । भ्रष्टाचार सम्बन्धी समाचार लेख्दा सञ्चार माध्यमलाई जिम्मेवार हुन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । भ्रष्टाचार नगरेका व्यक्तिलाई जसरी पनि भ्रष्टै देखाउने गरी समाचार लेख्न नहुने उनको सुझाव छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘राज्यको चौथो अंग सञ्चार माध्यमले जनतालाई यथार्थ कुरा सूचित गर्नुपर्ने, यथार्थको खोजी भ्रष्टलाई भ्रष्ट भन्नुपर्ने तर जो भ्रष्ट होइन उसलाई जसरी पनि भ्रष्टै हो भन्ने आग्रहपूर्ण मान्यता राख्न नहुने ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले भने, ‘ अख्तियारसँग अपराधी थर्कमान हुनै पर्दछ तर निर्दोष मान्छेका निम्ति त्रास होइन संरक्षणको थलो पनि बन्नुपर्दछ ।’

ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाले अरुलाई हिलो छ्याप्न पाउँदा आफ्नो महानता बढ्छ भन्ने सोच्न नहुने उनको सुझाव थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.