३० माघ, काठमाडौँ । आज कारोबारको अन्तिम दिन शुक्रबार पनि सुन चाँदीको भाउमा उतारचढाब देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ ।
बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँमा झरेको छ । महासंघले आजकालागि तेजावी सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ तोकेको छ ।
यस्तै चाँदीको प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । बिहीबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबारका लागि १३ सय २० रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।