झापाबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित तीन जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित तीन जना पक्राउ

झापा, माघ ३० गते । झापाको अर्जुनधारा नगरपालिका-११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय रबिन तामाङ र २८ बर्षीय दिल कुमार राई तथा भद्रपुर-५ का ३८ बर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहिवार राती साँढे ७ बजे लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरुको साथबाट प्रहरीले ४८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.