३० माघ, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्टका हत्यारालाई पानीमुनि गएपनि नछोडिने बताएका छन्।
शनिबार ओलीपक्षीय नेकपाले बुटवलमा आयोजना गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भागरथीका हत्यारालाई पानीमुनि गएपनि नछोडिने र कारबाहीको दायरामा ल्याएरै छाड्ने बताएका हुन्। कार्यक्रममा सम्बाेधन गर्दै उनले भने ‘भागरथीका हत्यारालाई कारबाहीको दायरमा ल्याइन्छ। पानीमुनि गएपनि छोडिने छैन,’ ।
बैतडीको दोगढकेदार गाउँपालिका-७ की भागरथी अघिल्लो बिहीबार मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अुनसन्धानले देखाएपनि दोषी पत्ता लाग्न सकेको छैन।