खोपको दोस्रो मात्रा ढिलो लगाउँदा झनै राम्रो नतिजा

खोपको दोस्रो मात्रा ढिलो लगाउँदा झनै राम्रो नतिजा

सरकारले कोभिड–१९ विरुद्धको खोप दोस्रो मात्रा पहिलो मात्रा लगाएको दुईदेखि तीन महिनाभित्र दिने तयारी थालेको छ । यसअघि दोस्रो मात्रा चार सातापछि लगाउनुपर्ने तय भए पनि ढिलो लगाउँदा राम्रो नतिजा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सल्लाहकार समूहले समेत दुई खोपबीचको समय बढाउन प्रस्ताव गरिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले बताए । ‘खोप कार्यक्रमको हिसाबले सजिलो हुने गरी दोस्रो मात्रा खोप २ देखि ३ महिनाभित्र लगाउने तयारी थालेका छौँ,’ उनले भने । यसबारे आइतबार मन्त्रालयले निर्णय गर्ने स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ ।

कोभिसिल्ड खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट आफ इन्डियाको तथ्यपत्रमा खोपको पहिलो मात्रा ०.५ मिलि लगाएपछि दोस्रो मात्रा ४ देखि ६ सातामा दिन सकिने उल्लेख छ । सिरमको प्रतिवेदनमा विदेशमा भएका अध्ययनहरुमा उपलब्ध तथ्यांक र जानकारी अनुसार पहिलो मात्रा लगाएको १२ सातासम्म दोस्रो मात्रा दिन सकिने जनाइएको छ ।,आजको कान्तिपुर दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.