चुनावको आचारसंहिताबारे आज दलहरुसंग निर्वाचन आयोगले छलफल गर्ने

चुनावको आचारसंहिताबारे आज दलहरुसंग निर्वाचन आयोगले छलफल गर्ने

२ फागुन, काठमाडौँ ।
चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले आज छलफल गर्दैछ।

बिहान ११ बजे आचारसंहिताको मस्यौदाबारे छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी बताए ।

उनका अनुसार आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको छ। आचारसंहिताको मस्यौदामा राय परामर्श लिनका लागि दलहरुलाई छलफलमा बोलाइएको श्रेष्ठले बताए।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ। सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेको छ।

तर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै नेकपाको प्रचण्ड–माधव खेमा संसद पुनर्स्थापनाका लागि संघर्षमा छ। यो पक्षले संविधान मिचेर गरिएको निर्वाचन पनि असंवैधानिक नै हुने बताइरहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.