२ फागुन, काठमाडाैँ ।
राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले भ्यालेन्टाइन डे मनाएका छन् । आइतबार ललितपुरको कृष्ण मन्दिर प्राङ्गणमा उपस्थित विवेकशील साझा पार्टीका युवायुवतीले प्रधानमन्त्री केपी ओलीलाई विधिविधान अनुसार चल्न पनि सचेत गराए ।

उनीहरुले केपी ओली आई लभ यू होईन, विधिको शासन आई लभ यु, फ्रिडम फर लभ, माया बिना संसार चल्दैन, मायाको परिभाषा हुँदैन, शब्द एउटै छ माया तर पनि महशुस अलग अलगै हुन्छ, मायाको कुनै रुपरंग हुँदैन लगायतका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
