सरकार गठन भएदेखि नै काम गर्न अफ्ठ्यारो भएको होः प्रधानमन्त्री

सरकार गठन भएदेखि नै काम गर्न अफ्ठ्यारो भएको होः प्रधानमन्त्री

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सुरुदेखि नै काम गर्न अफ्ठ्यारो भएको बताएका छन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा आफ्ना उपलब्धिबारे जानकारी दिँदै उनले आफूलाई सुरुदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेको बताए ।

सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको उनले गुनासो गरे । उनले आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको बतए ।

सार्वजनिक काममा अवरोध गरी विकासका कार्यक्रममा अड्चन गरेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका केही साथीहरूले सहयोगको साटो अलमलमा पारिदिने काम गरेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.