रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह

रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह

३ फागुन, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई आग्रह गरेका छन् । सोमबार काठमाण्डौमा आफु निकट उद्योगी तथा ब्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीको अत्याधिक प्रयोग गरी रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीमाझ आग्रह गरेका हुन्।

देशलाई आत्मनिर्भरतातर्फ लाने उपभोग्य वस्तुहरुको ठुलो परिमाणमा उत्पादन गरी निर्यात गर्न समेत आग्रह गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले जमिन, जल, वनजंगल, जडिबुटीलाई अधिकतम प्रयोग गरी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने काममा सरकारले पूर्ण रुपमा सहयोग गर्ने उनको प्रतिबद्धता ब्यक्त गरे ।


प्रधानमन्त्री ओलीले कोभिडको बाबजुद पनि गरिबी नघटेको दाबी गरे । आगामी वर्ष आर्थिक वृद्धिलाई डबल डिजिटमा पुर्याउने उनको भनाई छ । आर्थिक विकासका निम्ति विभिन्न उद्योगहरुको स्थापना तथा खानीहरुको उत्खनन् गर्ने उनले बताए। साथै प्रधानमन्त्री ओलीले वलात्कारका घटनाका अपराधीहरुलाई नियन्त्रण गरेर कारबाही गर्ने पनि बताए । आफु सरकारमा रहुञ्जेल अपराधबाट बच्न कुनै शक्ति काम नलाग्ने भन्दै उनले अपराधीहरुलाई न्यायको कठघरामा उभ्याएर पीडितलाई न्याय दिने दाबी गरे ।

कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले देशलाई अस्थिरताको भुमरीबाट मुक्त गर्नका निम्ति ताजा जनादेश दिन जनतालाई आब्हान गरेको बताए । समृद्धिको निरन्तरताको लागि र राजनीतिक स्थिरता सुनिश्चितताको लागि निर्वाचन आवश्यक रहेको उनको भनाई छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशलाई आर्थिक समृद्ध गर्ने एकमात्र एजेण्डा आफ्नो पार्टी र सरकारको रहेको बताए । मन्त्री रायमाझीेले प्रचण्ड–माधव पक्ष राष्ट्रको समृद्धिका विपरित सडकमा गएको बताए । आजको आवश्यकता निर्माणको आवश्यकता भएको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.