लोकतन्त्र भनेकै चुनावमात्र हो भन्नु चिसो भनेकै कोकाकोला भनेजस्तो मात्र होः बाबुराम भट्टराई

लोकतन्त्र भनेकै चुनावमात्र हो भन्नु चिसो भनेकै कोकाकोला भनेजस्तो मात्र होः बाबुराम भट्टराई

४ फागुन, विराटनगर ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आशक्तिप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमामा डाक्टर भट्टराईले संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन्।

डाक्टर भट्टराईले लेखेका छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ। चुनावमा त ढिलोछिटो जानैपर्छ।

तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा) संविधान धरापमा पर्छ। संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ। किन नबुझेको ? कि सेटिङ नै हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेपछि सभापति देउवा यसबारे मौन रहँदै आएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.