करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु : चार वर्ष लाग्ने

करीब सय मेगावाटकाे तामाकोशी ५ काे काम सुरु : चार वर्ष लाग्ने

दोलखा: दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बेला त्यसैको क्यासकेड प्रोजेक्ट तामाकोशी ५ जलविद्युत आयोजनाको निर्माण कार्य पनि अघि बढेको छ ।

बिगु गाउँपालिका वडा नम्बर– ३ मा निर्माण हुँने ९९ दशमलव ८ मेगावाट क्षमाताको तामाकोशी ५ जलविद्युत आयोजनाको मुख्य कार्यालय, आवासगृह लगायतको निर्माण कार्य अघि बढेको हो ।

ठेकेदार कम्पनी श्रीङ्गेश्वर प्रेररा जेभीले २५ करोड ९१ लाख रुपियाँमा २०७७ साल मंसिर ४ गते ठेक्का सम्झौता गरि पुस ४ बाट निर्माण कार्य सुरु गरेको हो ।

जामुने स्थित सिंगटी–लामाबागर मुख्य सडकबाट कार्यलय भवन तथा आवासगृहसम्म जाने सडक निर्माण कार्य सकेर कार्यलय तथा आवासगृहका लागि जग्गा सम्याउने काम भइरहेको श्रीङ्गेश्वर प्रेररा जेभीका प्रोजेक्ट म्यानेजर सञ्जिवलाल कायस्थले जानकारी दिनुभयो ।

सम्झौता अनुसार क्याम्प बिल्डिङ निर्माणको काम १८ महिना अर्थात २०७९ साल असार ३ गतेसम्म १४ वटा भवन लगाएत अन्य संरचना निर्माण गरि सकाउनुपर्ने छ ।

तामाकोशी ५ आयोजना अप्पर तामाकोशीको पानी डाइभर्सन गरेर उत्पादन गरिने आयोजना भएकोले यो आयोजना निर्धारित समयमै बन्ने विश्वास गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.