५ फागुन, विराटनगर ।
नेपाली कांगेसका नेता गगन थापाले केपी ओली सरकारको पतन धेरै टाढा नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले मंगलबार बैतडीमा नेपाली कांग्रेसको सभालाई लक्षित गरी ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय रहेको भन्दै हिंसा कायरहरुको हतियार भएको बताएका छन् ।
निषेध र आक्रमणको शैली सत्ताशक्तिको उन्माद र ओलीको हतास मनस्थितीको उपज भएको बताए । उनले भने ‘वैधता र वैधानिकता दुवै गुमाएको केपी ओली सरकारको पतन धेरै टाढा छैन ।’