संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैनः वरिष्ठ अधिवक्ता खरेल

संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएको छैनः वरिष्ठ अधिवक्ता खरेल

५ फागुन, काठमाडौँ । एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले नेपालको संविधानमा प्रधानमन्त्रीलाई विशेषाधिकार नभएको बताएका छन् ।

संवैधानिक इजलासमा बुधबार आफ्नो बहस सुरु गरेका खरेलले आफू चार प्रश्नमा केन्द्रित हुने बताएका थिए ।

बहसका क्रममा उनले संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको तर्क गरेका छन् । ‘संविधानमा विशेषाधिकार सम्बन्धी २ वटा धारा छन्, धारा १०३ र धारा १८७’ वरिष्ठ अधिवक्ता खरेलले अघि भने, ‘हाम्रो संविधानले कार्यपालिकालाई कुनै विशेषाधिकार छैन । बोल्दै नबोली प्रधानमन्त्रीको हकमा लुत्त लुत्त विशेषाधिकार राख्नुपर्ने किन हुन्छ र ? हाम्रो संविधानले कल्पनै नगरेको विशेषाधिकार छ भन्न मिल्दैन ।’

२०४७ को संविधानमा भएको धारा ५३(४) हटाउनु भनेको लुकाएर राखेको नभएको समेत उनले बताए ।

खरेलले संविधानको धारा ८५ मा ‘यस संविधान बमोजिम’ भनेको ७६(७) नै भएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.