वडाको सेवा लिन भारतको बाटो

वडाको सेवा लिन भारतको बाटो

नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन् ।

भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा लिनका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको हो ।

पूर्वी नवलपरासी र पश्चिम नवलपरासीकोसीमामा रहेको सुस्ता गाउँपालिकावासी पुल नहुँदा भारतको विहार हुँदै आफ्नो प्रशासनिक केन्द्रमा जानुपर्ने बाध्यता रहेको सुस्ता बचाऊ अभियानका संयोजक गोपाल गुरुङले बताए ।

सुस्ता गाउँ एकातर्फ भारतीय सीमाले घेरेको र अर्कोतर्फ नारायणी नदीले घेरेको छ । नेपालतर्फ नारायणी नदीमा पुल बनाउन सुरु गरिएको चार वर्षसम्म समेत काम नभएपछि थप समस्या झेल्नुपरेको गुरुङको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.