आइपिएलको अक्सन आज, नेपालबाट सन्दीप मात्रै सूचिमा

आइपिएलको अक्सन आज, नेपालबाट सन्दीप मात्रै सूचिमा

६ फागुन, विराटनगर।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सन आज (बिहिबार) चेन्नईमा हुँदैछ ।

नेपाली समयअनुसार अक्सन दिउँसो ३ः१५ मा सुरु हुनेछ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् ।
जसमध्ये नेपालबाट सन्दीप लामिछाने पनि छन्।

उनीहरुमध्ये आठ टिमले ६१ जना मात्रै खरिद गर्नेछन्। आज ४० देखि ४५ खेलाडी खरिद हुन सक्नेछन्। नेपाल क्रिकेट संघ (क्यान)ले आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लाई आठ खेलाडीको नाम पठाएको थियो।

उनीहरुमध्ये नेपालबाट सन्दीप मात्रै अक्सनको सूचिमा परेका हुन्। यसअघि सन्दीपलाई दिल्ली क्यापिटल्सले लिएको थियो। उनी तीन वटा संस्करणमा दिल्लीसँग आबद्ध थिए।

दुई संस्करणमा राम्रो प्रदर्शन गरेको भएपनि गत वर्ष भने खेल्न पाएनन्। यस पटक दिल्लीले उनलाई रिलिज गरेको थियो। सन्दीपले आईपीएल अक्सनका लागि आफ्नो मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन्।

आज हुने अक्सनमा त्यही मूल्यमा बोली लाग्नेछ। उनी विदेशी खेलाडीको सूचिमा रहनेछन्। आठ वटा टिमले केही विदेशी खेलाडीलाई रिलिज गरेका छैनन्। सबै टिमले गरेर २२ जना विदेश खेलाडी खरिद गर्न बाँकी छ।

जसमा चेन्नेइ सुपर किंग्सले एक, दिल्ली क्यापिटल्सले तीन, कोलकत्ता नाइट राइडर्सले दुई, मुम्बई इन्डियन्सले चार, पञ्जाब किंग्सले पाँच, राजिस्थान रोयल्सले तीन, रोयल च्यालेन्जर्स बेंग्लोरले तीन र सनराईज हैदरावादले एक खेलाडी खरिद गर्न बाँकी छ।

एउटा टिमले बढीमा आठ जना विदेशी खेलाडी मात्रै राख्न पाउने व्यवस्था छ। अक्सनको सूचिमा रहेका खेलाडीको मूल्य २० लाखदेखि दुई करोड भारतीय रुपैयाँसम्म रहेको छ।

अक्सनका लागि सबैभन्दा बढी दुई करोड भारतीय रुयैयाँ मूल्य रहेका खेलाडीमा अलराउन्डर सकिब अल हसन, मोइन अली, केदार जाधव र ग्लेन मेक्सवेल, ब्याट्सम्यान जेसन रोय र स्टेभन स्मिथ तथा बलर हरभजन सिंह र लिम प्लुन्केट रहेका छन्।

यसपटक सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर पनि अक्सनमा छन्। उनले  अलराउन्डरको सूचिमा २० लाख भारतीय रुपैयाँ मूल्य राखेका छन्। १४औँ संस्करणको आईपीएल आउदो अप्रिल र मेमा हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.