६ फागुन, काठमाडौं ।
नेकपा दाहाल–नेपाल समूहले बिहीबर टुँडिखेल घेराउ गर्दैछ ।
अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल मानव साङ्लो बनाएर घेर्न लागेको हो । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै टुँडिखेल धेर्न लागेको बताइएको छ ।
घेराउका लागि जनवर्गाीय संगठनहरुलाई कार्य विभाजन गरिएको छ । मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने छ ।
भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु रहने छन् । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका उपस्थित हुन भनिएको छ ।
दाहाल(नेपाल समूह संसद विघटनको विरोधमा हाल चौथो चरणको आन्दोलनमा छ ।