‘दाह्री ग्याङ’का युवाहरुसँग प्रधानमन्त्रीको भेट

‘दाह्री ग्याङ’का युवाहरुसँग प्रधानमन्त्रीको भेट

६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दाह्री ग्याङ’का युवाहरुसँग भेट गरेका छन् । राष्ट्रका लागि युवा भन्ने अभियानमा रहेका युवाहरुलाई उनले बुधवार बालुवाटारमा भेट गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा दाह्री ग्याङका सदस्यसँगको भेटबारे तस्बिर राख्दै ‘राष्ट्रका लागि युवादाह्री ग्याङसँगको भेट ’ भनेर लेखेका छन् ।

राष्ट्रका लागि युवा भन्ने अभियानमा डाक्टर, इञ्जिनियरसहित १ सय ५० भन्दा धेरै संघसंस्था छन् । त्यसमध्ये ‘दाह्री ग्याङ’ पनि एउटा हो । यो अभियानमा रहेका युवाहरुले आफूहरुले रकेट बनाउँदै गरेको जानकारी प्रधानमन्त्रीलाई गराएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.