सरकारले संविधान नमिच्ने र लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्रीको प्रतिबद्धता

सरकारले संविधान नमिच्ने र लोकतन्त्रको बाटो नबिराउने प्रधानमन्त्रीको प्रतिबद्धता

७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताएका छन् । साथै उनले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो नबिराउने प्रतिवद्धता जनाएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा भएको कार्यक्रममा उनले नागरिकको अभिमतभन्दा विपरीत आफू नजानेसमेत बताए । तर प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लाग्दै आएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि बहस चलिरहेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताएका छन् । देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिए ।

कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले सानातिना मतभेदलाई चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्ने बताए । आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदै छ ।

२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.