निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दैछः पूर्वराजा ज्ञानेन्द्र

निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दैछः पूर्वराजा ज्ञानेन्द्र

७ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले देश दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक चुनाव र दल विशेष नेताको शासन प्रणाली नभएको बताए ।

हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुसीमा मात्रै प्रजातन्त्रको प्राण अटुट रहने भन्दै उनले देशको प्रतिष्ठा बढाउन हामी कत्तिको सफल भएका छौँ भन्नेबारे समीक्षा गर्नुपर्ने समय आएको बताए ।

प्रजातन्त्रमा जनशक्ति र धनसम्पत्ति नै विशिष्ट भएको भन्दै उनले आम नागरिकको आस्था, चाहना र जनभावनालाई कसैले पनि मेट्न नसक्ने बताए ।

उनले राजा र आम नागरिकको सहमतिबाट खडा भएको देशमा निषेध र विभेदको राजनीति सुरू गरिएकाले देश जटिलतामा फस्दै गएकोसमेत बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.