प्रदीप नेपाल प्रचण्ड-नेपाल समूहतिर लागे

प्रदीप नेपाल प्रचण्ड-नेपाल समूहतिर लागे

७ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप नेपाल प्रचण्ड-नेपाल समूहमा लागेका छन्।

शुक्रबार उनले पार्टी कार्यालय पेरिसडाँडामा नागरिकताको प्रतिलिपी दिएका हुन्।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओली समूहतिर रहेको बताइएको थियो तर उनी भने कसैका पक्षमा खुलेका थिएनन्।

’उहाँले आज नागरिकता दिनुभएको छ,’ प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्।

प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न आज आफ्ना पक्षका केन्द्रीय सदस्यहरूलाई नागरिकता बुझाउन भनेको थियो। एकीकृत नेकपाका ४४१ सदस्यमध्ये २९० जनाले आज नागरिकता दिएको उक्त समूहले जानकारी दिएको छ।

आजै बसेको उक्त समूहको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको छ।

पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले स-शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरूविरूद्ध गए संघर्षमा जाने निष्कर्ष निस्किएको नेकपा केन्द्रीय सदस्य अञ्जना विशंखेले सेतोपाटीलाई जानकारी दिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.