बैद्य र डाक्टरले नसकेको प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्नेः प्रधानमन्त्री

बैद्य र डाक्टरले नसकेको प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन नसक्नेः प्रधानमन्त्री

८ फागुन, विराटनगर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन्।

शनिबार नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभामा बोल्दै ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका हुन्।

ओलीले सिद्धिसकेका प्रचण्डलाई आफूले राजनीतिमा टिकाएको दाबी गरे । दुई–चार सिटमा खुम्चिने प्रचण्डलाई आफूले पार्टी एकतामार्फत बलियो बनाएको ओलीको दाबी छ ।

सिद्धिसकेका प्रचण्डलाई मैले एउटा जुरो हालिदिएको थेँ, ठूलै जुरो भएपछि अलिकति सिङ हालिदिएँ । लामा सिङ भएपछि हामीलाई नै सिध्याउँछु भनेर लाग्नुभो, जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, अब उहाँको नियति असफलताबाहेक केही छैन ।

अझै पनि तपाइ फर्किन चाहनुहुन्छ भने आउनुस् नेपाली जनताको सागरमा मिसिनुस्, मिसिनुहुन्न भने भीरबाट लड्नेलाई काँध हाल्न सक्दैनौं राम भन्ने हो ।’

प्रचण्ड अब फर्किने बाटोमा नभएर खिइँदै गएर सिद्धिने बाटोमा लागेको ओलीको दाबी छ । यस्तै प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले बचाउन नसक्ने टिप्पणी गरे।

उनले भने, ‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ। पहिले उहाँसँग वैद्य थिए, उनले छाडे। त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे। अहिले झाँक्री लिनुभएको छ। अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.